PRABHU BANK

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट हुने भएको हो ।

यस छुट सम्बन्धी बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै