गरिमा विकास बैंकद्वारा कर्जा नतिर्ने ऋणाीहरुको नाम सार्वजनिक

काठमाडौँ । गरिमा विकास बैंकले कर्जा नतिर्ने ऋणाीहरुको नाम सार्वजनिक गरेको छ । बैंकले पटकपटक मौखिक र लिखित ताकेता गर्दा पनि साँवा र ब्याज नतिर्ने १३ जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

बैंकले कर्जा तिर्न पटकपटक मौखिक र लिखित तरताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई बाँकी रहेको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह छ । बैंकले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चलअचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी दिएको छ।

योसँगै समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको खराब खराब सूचीमा समावेश गराउन समेत सिफारिस गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्