PRABHU BANK

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘एनआईएमबी स्मार्ट’ एपमार्फत पाँच लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनआईएमबी स्मार्ट एपमार्फत कर्जा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत पाँच लाख रुपैयाँसम्म एनआईएमबी स्मार्ट कर्जा दिने भएको हो ।

यो सुविधा मार्फत कम्पनीका योग्य ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्मार्ट एपमार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।

कम्पनीले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको छ । यसमा ग्राहकहरूले एक महिना भित्र वा बढिमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् ।

साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैपटक तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको कम्पनीले बताएको छ । ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत इमेल भेरिफिकेसन गरि सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्नेछन् । एनआईएमबी स्मार्ट लोनको लागि योग्य हुन कम्पनीले तोकेका विभिन्न मापदण्डहरू पुरा गर्नु पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै