DISH HOME

कुमारी बैंकका ग्राहकहरुले श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँ छुट पाउने

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरुले श्री एयरलाइन्सको टिकटमा छुट पाउने भएका छन् । बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोराछोरी) को लागि टिकट खरिद गरेर बैंककै डेबिट-क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट पाउने भएका हुन् ।

बैंक र श्री एयरलाइन्सबीच बैंकका ग्राहकहरूलाई टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको अनवरतरुपमा वित्तिय साक्षरता प्रर्वधन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै