कुमारी बैंकले ल्यायो फोन लोन सुविधा, उद्यमीहरूले बिना धितो दुई लाखसम्म कर्जा पाउने

काठमाडौँ । कुमारी बैंकले फोन लोन सुविधा ल्याएको छ । बैंकले साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले बिना धितो क्युआर मर्चेन्ट फोन लोन सुविधा ल्याएको हो ।

यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई व्यवसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तिमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुईलाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सकिनेछ ।

बैंकले देशका हरेक भागमा रहेका उद्यमशीलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायीहरू कर्जा लिन तथा तिर्नका लागि बैंकमा उपस्थित हुनु पर्दैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनीहरूको उद्यमशीलता प्रर्वद्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्