PRABHU BANK

एकैदिन ४ अर्ब रुपैयाँले बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ४ अर्ब रुपैयाँले बढेको हो ।

भाद्र १२ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएकोमा एकैदिन ४ अर्बले निक्षेप बढेर भाद्र १३ गते ६४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षप रहेकोमा एकैदिन ५ अर्बले बढेर ५७ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

यता बैंकहरुको औसत सीडी रेसीयो ७८.९५ रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै