PRABHU BANK

एक वर्षमा गाडी कर्जाको माग २२ प्रतिशतले घट्यो

काठमाडौँ । गत आर्थिक वर्षमा गाडी कर्जाको माग घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०-८१ मा गाडी कर्जाको माग २२ प्रतिशतले घटेको हो ।

बैंकहरुबाट गत आर्थिक वर्षमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ बराबरको गाडी कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो ।

यता, गाडी कर्जामा बैंकहरुले विभिन्न स्किम ल्याएपनि गाडी कर्जाको माग भने बढ्न नसकेको जानकारहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै