बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखे ४० खर्ब बढी निक्षेप

काठमाडौँ । गत आर्थिक वर्षमा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा ४० खर्ब बढी निक्षेप राखेको पाइएको छ । यसअवधिमा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा कुल ४० खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप राखेको पाइएको हो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा ३५ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेपमा राखेका थिए।

यता बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गैरबैंकिङ अन्तर्गतका चारवटा संस्थाहरूले कुल ११ खर्ब रुपैयाँ राखेका छन् । जसमा बिमा कम्पनीले ६ खर्ब, कर्मचारी सञ्चय कोषले १ खर्ब १८ अर्ब, नागरिक लगानी कोषले २ खर्ब ८३ अर्ब रुपैयाँ र गैरबैंकिङको अन्य शीर्षकतर्फ भने २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्