PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो फेस्टिभ अफर, ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा पाइने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ । बैंकले फेस्टिभ अफर अन्तरगत ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुनेछ । उक्त कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुने बैंकले जनाएको छ ।

यो अफर भदौ १ गतेबाट आगामी कात्तिक मसान्तसम्म सञ्चालनमा रहनेछ । यो हेर्नुहोस्ः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै