prabhu

नेपाल एसबिआई बैंकले गर्यो तीर्थालुहरूको सहजताका लागि दुई लाख रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंकले तीर्थालुहरूको सहजताका लागि आर्थिक सहयोग गरेको छ । बैंकले हलेसी तुवाचुङ नगरपालिका, खोटाङस्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तीर्थालुहरूको सहजताका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै