PRABHU BANK

ज्योति विकास बैंकले प्रयोगमा ल्यायो डिजिटल हस्ताक्षर

काठमाडौँ । ज्योति विकास बैंकले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम बैंकले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको हो ।

डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकको भनाइ छ ।

बैंकका अनुसार भौतिक रुपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ ।  साथै, भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै