PRABHU BANK

आरबीआईले तिरायो दुई वटा बैंकलाई जरिवाना, नियामकीय नियमहरूको उल्लङ्घन गरेको आरोप

काठमाडौँ । भारतीय रिजर्व बैंक (आरबीआई) ले दुई वटा बैंकलाई जरिवानामा तिराएको छ । आरबीआईले सीएसबी बैंक र युनियन बैंक अफ इन्डियालाई जरिवाना तिराएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बैंकहरुले विभिन्न नियामक नियमहरूको उल्लङ्घन गरेकोमा आरबीआईले जरिवाना तिराएको हो ।

सीएसबी बैंकलाई ‘बैंकहरूद्वारा वित्तीय सेवाहरूको आउटसोर्सिङमा जोखिम व्यवस्थापन र आचार संहिता’ र ‘शाखा प्राधिकरणमा मास्टर सर्कुलर’ मा आरबीआईद्वारा जारी गरिएका केही निर्देशनहरूको पालना नगरेकोमा १.८६ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

त्यस्तै, आरबीआईले युनियन बैंक अफ इन्डियालाई ‘ठूलो साझा एक्सपोजरको केन्द्रीय भण्डारको निर्माण-बैंकहरूभरि’ र ‘नो योर कस्टमर’ (केवाईसी) मा निश्चित मापदण्डहरूको पालना नगरेकोमा १.०६ करोड रुपैयाँ जरिवाना तिराएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै