काठमाडौँ । बङ्गलादेशको केन्द्रीय बैंक नेतृत्वविहीन बनेको छ । बैंकका गभर्नर अब्दुर रउफ तालुकदारले पदबाट राजीनामा दिएसँगै केन्द्रीय बैंक नेतृत्वविहीन बनेको हो ।
केन्द्रीय बैंक नेतृत्वविहीन हुँदा बङ्गलादेशको पुरै बैंकिङ क्षेत्र असुरक्षित बनेको छ ।
यसअघि राष्ट्र बैंकका चार जना डेपुटी गभर्नर, सल्लाहकार र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले राजीनामा दिन बाध्य भएका थिए । बंगलादेशमा शेख हसिनाको निरकुंश सत्ता ढलेपछि केन्द्रीय बैंक, बंगलादेश बैंक नेतृत्वविहीन बनेको छ।