PRABHU BANK

बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन घट्यो, अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो ।

साउन २३ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ३७ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप घटेर साउन २४ गते ६४ खर्ब ३२  अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन ६ अर्ब रुपैयाँले घटेको छ । साउन २३ गते ५७ खर्ब ९ अर्ब निक्षेप सङ्कलन भएकोमा २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप सङ्कलन भएको छ ।

यता औसत सीडी रेसियो ७८.७५ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर घटेर २.९९ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै