PRABHU BANK

कामना सेवा विकास बैंकले रोजगारी खुलायो, साउन ३२ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै बुटवल शाखाका लागि असिस्टेन्ट रिलेसनसिप म्यानेजर, ब्रान्च म्यानेजर, सर्बिस म्यानेजर पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको हो ।

इच्छुक आवेदकहरूले व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ । साथै, आवेदकको उमेर ३० वर्षभन्दा कम हुनुपर्नेछ ।

त्यस्तै, वाणिज्य वा विकास बैंकहरूमा क्रेडिट बिक्री, निक्षेप व्यवस्थापन, ट्रेड फाइनान्स र अन्य बिक्री भूमिकाहरूमा अनुपालन तथा जोखिमको राम्ररी बुझाइको साथ कम्तिमा ३ वर्षको अनुभव हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत सदन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै