DISH HOME

नगद परिवर्त्य विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्ने सम्बन्धमा कस्तो छ व्यवस्था ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रालाई नेपाली मुद्रामा सहटी गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५ सय रुपैयाँ वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैँसँग राख्न  सकिनेछ ।

उक्त सीमा भन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नु पर्नेछ ।  त्यसैगरी आफ्नो पहिचान खुल्ने प्रमाणपत्र पेस गरी एकपटकमा अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सकिन्छ।

यस्तै, विदेशमा आर्जन गरेको प्रमाणित हुने कागजातसहित भन्सार उद्‍घोषण गरी कानुनी रुपमा नेपाल भित्र्याइएको परिवर्त्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकैपटकमा सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्स आदिबाट प्राप्त भएको विदेशी मुद्रा एकपटकमा अमेरिकी डलर ५०० वा सो बराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा इजाजतप्राप्त मनिचेन्जरबाट पनि सटही गर्न सकिने व्यवस्था गरेको समेत गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचना यस्तो छ:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै