PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडीका गाडी खरिद गर्नका लागि ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बीवाइडीका गाडी खरिद गर्नका लागि कर्जा दिने भएको छ । बैंकले बीवाइडीका सबै मोडेलहरूका गाडी खरिद गर्नका लागि ८० प्रतिशतसम्म कर्जा दिने भएको हो ।

बैंक र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले जनाएको छ ।

सो समझदारी पत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इन्ककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् । बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने भएको छ । साथै, बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै