PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा छुट हुने भएको छ । बैंकका ग्राहकलाई पोखरा, कास्कीस्थित चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । साथै, डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै