PRABHU BANK

पाँच वर्षमा गुजरातमा वित्तीय ठगीका घटनाहरूको सङ्ख्या २५ गुणाले बढ्यो

काठमाडौँ । भारतको गुजरातमा वित्तीय ठगीका घटनाहरु बढ्दै गएको छ । भारतको केन्द्रीय वित्त मन्त्रालयको तथ्याङ्कअनुसार गुजरातमा वित्तीय ठगीका घटनाहरूको सङ्ख्या पाँच वर्षमा २५ गुणाले बढेको हो ।

आरबीआईको वार्षिक प्रतिवेदन अनुसार डिजिटल भुक्तानी धोखाधडी मुख्यतया डेबिट कार्ड, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङ लेनदेनहरूमा हुन्छ, जसले सङ्ख्याको हिसाबले ठगीका घटनाहरूको ठूलो हिस्सा बनाउँछ । वित्तीय वर्ष २०२० मा ५१ बाट २०२४ मा १३ सय ४९ पुगेको छ । मानिसहरूले गुमाएको रकम १६३९ प्रतिशतले बढेको छ । वित्तीय वर्ष २०२० मा २.८७ करोड रुपैयाँबाट विगत पाँच वर्षमा राज्यमा एक हजार ९ सय १४ घटनामा ७४ करोड ७४ लाख रुपैयाँको बैंकिङ ठगी भएको छ ।

यता नाम नबताउने सर्तमा गुजरात बैंकका एक वरिष्ठ अधिकारीले भने, ‘अवस्था बढ्नुको कारण घटना मात्र होइन, रिपोर्टिङमा पनि वृद्धि भएको हो । बैंकहरू, आरबीआई र गुजरात साइबरसेलद्वारा सचेतना अभियानहरूले बैंकिङ धोखाधडी रोक्नको लागि मानिसहरूमा जागरूकता सिर्जना गर्न सक्रिय भूमिका खेलेको छ । डिजिटल बैंकिङ ठगीको समयमै रिपोर्टिङ गर्न सबै बैंकहरूले टोल फ्री नम्बर सुरु गरेका छन् ।’

डिजिटल बैंकिङ ठगीका घटनाहरू बढेपछि बैंकहरुले आफ्ना ग्राहकहरूलाई सचेत गराउन एसएमएस र सामाजिक सञ्जालमार्फत सचेतना अभियान पनि सञ्चालन गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै