PRABHU BANK

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४६ करोड रुपैयाँ लगानी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्ने जनाएको छ ।

यता ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ३० लाख रुपैयाँ मुद्दति निक्षेपमा राष्ट्र बैंकले लगानी गर्ने भएको छ।

बैंकहरुले साउन १७ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै