PRABHU BANK

रिभोलुटले ३ वर्षको प्रतीक्षापछि प्राप्त गर्यो युके बैंकिङ इजाजतपत्र

काठमाडौँ । रिभोलुटले युके बैंकिङ इजाजतपत्र प्राप्त गरेको छ । रिभोलुटले ३ वर्षको प्रतीक्षापछि युके बैंकिङ इजाजतपत्र प्राप्त गरेको हो ।

रिभोलुटले आफ्नो बैंकिङ इजाजतपत्रको लागि २०२१ मा पहिलो पटक आवेदन दिएको थियो । यसले लामो समयको पर्खाइपछि बैंकिङ इजाजतपत्र प्राप्त गरेको छ ।

रिभोलुटको युके सीईओ फ्रान्सेस्का कार्लेसीले एक विज्ञप्तिमा भने, ‘आजको घोषणा रिभोलट र हाम्रा ग्राहकहरूको लागि एक महत्त्वपूर्ण कदम हो । युकेमा बैंक हुनु ठूलो जिम्मेवारी हो र हामी रिभोलट प्रयोग गर्ने सबैको आर्थिक जीवनमा सुधार गर्ने उत्पादन र सेवाहरू प्रदान गर्न अथक प्रयास गर्नेछौं ।’

युकेको बैंकिङ इजाजतपत्रले रिभोलुटलाई ग्राहकको निक्षेप लिन, ऋण र क्रेडिट कार्ड जस्ता उत्पादनहरू जारी गर्न अनुमति दिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै