PRABHU BANK

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा कष्टमर केयर सेवा उपलब्ध, ग्राहकहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्ने उद्देश्य

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ एपमा कष्टमर केयरको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा ग्राहकहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले मोबाइल बैंकिङमार्फत यस नवीन कार्यको थालनी गरेको हो । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउने क्रममा यस कष्टमर केयरबाट डिजिटल बैंकिङ प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको यस कष्टमर केयर आइकनमा ट्याप गरे पश्चात् निम्नलिखित सुविधा उपलब्ध हुनेछ ।
च्याटबटः मोबाइल बैंकिङ एप भित्र रहेको यस सुविधाभित्र ग्राहकहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर: मिस्डकल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सक्नेछन् ।
बैंकको प्रतिनिधिसँग सिधा सम्पर्कः यसमार्फत ग्राहकवहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो सेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्नछन् ।
गुनासो टिकटः ग्राहकहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नेछन् र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्रयाकिङ समेत सजिलै गर्न सक्नेछन् ।
भिडियो ट्यूटोरियलः बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहकहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्नेछन् ।
ईमेल सुविधाः ग्राहकहरूले यस कष्टमर केयरभित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।
FAQs: बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्नेछन् ।
ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइलप्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ आवश्यकतालाई हर सम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि बृद्धि गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ३ सय ५२ वटा शाखा कार्यालय, ४ सय ७१ वटा एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै