PRABHU BANK

सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारीमा सुनिलकुमार पोखरेल नियुक्त

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । वैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले वैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी वैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै