PRABHU BANK

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर काठमाण्डौंको विशेष अदालतमा, प्रेमराज कार्किद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौंस्थित विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउन्टरको मिति २०७८ वैशाख ३ गतेदेखि कारोबार सुरु भएको हो । विशेष अदालत परिसरमा बिहान १० बजे विशेष अदालत काठमाण्डौेंका न्यायाधीश प्रेमराज कार्किले एक समारोहकाबीच प्रभु बैंकको विशेष अदालतमा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमाआउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले २ सय १३ वटा शाखाकार्यालय, १ सय ८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै