PRABHU BANK

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमडौं । कामना सेवा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेको छ । कम्पनीको नाफा १७२ प्रतिशत अर्थात ३६ करोड ७७ लाख रुपैयाँले बढेको हो । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ९५.०८ प्रतिशत बढेको छ ।
बैंकको चुक्ता पुँजी बढेर २६ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले ३ करोड ९२ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरी ३ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । जुन अघिल्लो आथिक वर्षको चैत मसान्तसम्मको तुलनामा क्रमशः २३ र ४१ प्रतिशतले बढी हो । बैंकको प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ । त्यस्तै समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशत विन्दु घटेर १ प्रतिशतमा झरेको छ । बेस रेट ८.१५ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.९५ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै