PRABHU BANK

ऋणको पुनसंरचनापछि श्रीलङ्काको केन्द्रीय बैंकले घटायाे कर्जाको ब्याजदर

काठमाडाैं । श्रीलङ्काकाे केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि पहिलो पटक ब्याजदर कटौती गरेकाे छ । बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै ब्याजदर कटाैती गरेकाे जानकारी गराएकाे हाे ।

माैद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुबै दर २५ आधार अङ्कले घटाएको श्रीलङ्काकाे केन्द्रीय बैंकले जनाएकाे छ । केन्द्रिय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैंकले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै