PRABHU BANK

एचसीसीएनको डिनमा चन्द्र ढकाल नियुक्त, भाइस डिनमा भोलाविक्रम थापा

काठमाडौँ । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)काे डिनमा चन्द्रप्रसाद ढकाललई नियुक्त गरेकाे छ । मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको एचसीसीएनले डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेकाे हाे ।

हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्ने गर्दछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।

आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने भन्दै मन्त्री राणाले एचसीसीएन द्धिपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिदै आएको बताएकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै