PRABHU BANK

‘ऋणको माग सिर्जना हुन नसक्दा लगानीयोग्य रकम बैंक भित्रै थन्कियाे’ : सुनिल केसी

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ऋणको माग सिर्जना हुन नसक्दा लगानीयोग्य रकम बैंक भित्रै रहेकाे बताएका छन् । काठमाडाैंका आयोजित एक कर्यक्रममा बाेल्दै अध्यक्ष केसीले अहिले कर्जामा लाग्ने ब्याजदर कोभिडको समयभन्दा अगाडिको स्तरमा झरिसक्दा पनि लगानि हुन नसकेकाे बताएका छन् ।

अर्थतन्त्र चलायमान हुन नसकेका कारण निक्षेपको ब्याजदर हरेक महिना घटिरहंदा माग बढ्ने अनुमान गरिए पनि देशमा लगानिकाे वातावरण नहुंदा बैंकमा पैसा थुप्रिन पुगेको बताएका छन् ।

अर्थतन्त्र चलायमान बनाउन अर्थनीति र माैद्रिक नीतिकाे ठुलाे हात हुने भनदै उनले अहिलेकाे अर्थनीतिले आसा जगाउन नसक्दा युवाशक्ति पलायन भइरहेकाे बताएका छन् ।

युवाशक्ति बहिर गइसकेपछि बजारमा माग घट्ने समस्या देखापरेकाे र जनसक्ति नहुंदा सबैतिर खपत कम हुन गई त्यसले सिर्जना गर्ने व्यावसायिक अवसरले गर्दा बैंकलाई चाहिने ऋणको माग हुन नसकेकाे अध्यक्ष केसीकाे भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै