काठमाडौं । विदेशी बैंकहरूको प्रवेशले इथियोपियाली बैंकिङ क्षेत्रको विकासमा सहयोग पुगेको छ । उक्त क्षेत्रको एक मिडिया रिपोर्टका अनुसार इथियोपियाली बैंकिङ क्षेत्रको विकास र विस्तारमा विदेशी प्रवेशकर्ताहरूको स्वीकृतिले ठूलो सहयोग गरेको हो । विदेशी बैंकहरूले दिरहेको सरल बैंकिङ सेवाले ग्राहकहरुलाई तानेर व्यासय गर्न सहज भएको छ भने विभिन्न ठुला बिदेशी बैंकहरुले आफ्मा साखा खोलेका कारण थप भिदेशी लगानीकर्ताहरुलाई पनि लगानी गर्न प्रोत्साहन गरेको छ। मे २०२३ सम्म, नेशनल बैंक अफ इथियोपियाले आफ्नो पहिलो इजाजतपत्र गैर-इथियोपियालीलाई मोबाइल मनी सेवाहरू सञ्चालन गर्न स्वीकृत गरेको थियो । त्यसपछि भने त्यहाँको बैंकिङ क्षेत्रलाई विदेशी प्रतिस्पर्धाको लागि खुला गरिएको छ । ‘इथियोपियाको मन्त्रिपरिषद्ले स्वीकृत गरेको तर अझै पनि सभाको अनुमोदनको पर्खाइमा रहेको, व्यापार-बैंकिङ घोषणा विधेयकमा भनिएको छ, ‘कुनै विदेशी बैंक जो राम्रोसँग स्थापित, प्रतिष्ठित, र आर्थिक रूपमा राम्रो छ, उसले आंशिक वा पूर्ण स्वामित्वको विदेशी बैंक सहायक स्थापना गर्न अनुमति दिन सक्छ ।’ उक्त विधेयकमा देशमा सञ्चालित विदेशी बैंकहरूको सञ्चालक समितिमा कम्तीमा एक इथियोपियाली नागरिकलाई समावेश गर्नुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।