DISH HOME

‘विद्यमान समस्यालाई सम्बोधन गर्नेगरी केही दिनमै मौद्रिक नीति आउँछ’: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेट वार्तामा उनले यस्तो बताएका हुन् ।

सो भेटमा अर्थमन्त्री पौडेलले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै अहिलेको समस्यालाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

यस्तै, होटेल संघ (हान) का अध्यक्ष विनायक साहले ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि वर्षेनी करिव १० लाख भन्दा बढी पर्यटक नआएको गुनासो गर्दै छिटोभन्दा छिटो सकेसम्म धेरै पर्यटक आउने वाताबरण सिर्जना गर्न अर्थमन्त्री पौडेलसँग आग्रह गरेका छन् ।

साथै, साहले आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन पनि आग्रह गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै