PRABHU BANK

एकैसाथ तीन अन्तर्राष्ट्रिय र एक राष्ट्रिय अवार्डबाट नबिल बैंक सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । बैंकले ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा यी महत्त्वपूर्ण अवार्डहरू जितेको हो ।

यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकको भनाइ रहेको छ ।

जसमा, नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३,  वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४, नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४, र नेपालको नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ बाट बैंक सम्मानित भएको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ४० वर्षको अवधिमा धेरै उपलब्धि हासिल गर्न सफल भएको बताएका छन् । उनले नवीन प्रयोग र ग्राहकको सुविधामा आफ्ना कर्मचारीको अथक मेहेनतले बैंकलाई  यी अवार्डहरू दिलाएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै