PRABHU BANK

गाेलाेबल आइएमई बैंकका ग्राहकलाई इशान अस्पतालकाे सेवामा १० प्रतिशत छुट

काठमाडैं । गोलोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार बैंक र अस्पतालबीच ग्राहकहरूलाई छुट दिने बारे समझदारी भएको हो ।

सो समझदारी पत्रमा बैंकका तर्फबाट बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख  परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालले कम्पनीका डेबिट तथा क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने  बैंकले जनाएको छ ।

अस्पतालले कम्पनीका ग्राहकहरूलाई शैय्या शुल्क, अस्पताल सेवाहरुः डाइगोनस्टिक, खाडीलगायतका सेवाहरुका साथै आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छूट प्रदान गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै