PRABHU BANK

एनएमबी बैंकले सार्वजनिक गर्यो घर कर्जाको नयाँ योजना, ८.९२ प्रतिशतदेखि कर्जा पाइने

काठमाडौँ । एनएमबी बैंकले घर कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ८.९२ प्रतिशतदेखि ब्याजदर सुरु हुनेगरी घर कर्जाको नयाँ योजना सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकहरूले एनएमबी घर कर्जामा फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्नेछन् । बैंकका अनुसार ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्नेछन् ।

त्यस्तै, घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा रहेको भन्दै यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ ।

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरू, १ सय ८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै