PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा १२ प्रतिशतसम्म छुट

काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट हुने भएको हो ।

बैंक र बुद्ध एयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै