DISH HOME

राष्ट्र बैंकले दशैं तिहारका लागि १० रुपैयाँका ३४ करोड थान नोट छाप्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि १० रुपैयाँका ३४ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।

आवेदनकर्ताले एकल चरणमा दुई वटा खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्ने गरी राष्ट्र बैंकले गत अक्टोबर २०२१ मा जारी गरेको बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार १ सेप्टेम्बर २०२४ सम्म बोलपत्र उक्त फारम खरिद गर्न सकिनेछ भने २ सेप्टेम्बर २०२४ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरि सक्नुपर्नेछ ।

छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १ सय २० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ । राष्ट्र बैंकका अनुसार आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै