prabhu

मुक्तिनाथ विकास बैंकले सुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा, भारतीय पर्यटकलाई सहज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको छ । बैंकले फोन-पे सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

भारतीय ग्राहकहरूले भिम र फोन-पे लगाएतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यानगरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस प्रकारको सेवाहरुले भारतीय पर्यटकलाई नगद बोक्ने झनझट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजन नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट रकम झिक्न विशेष छुटको व्यवस्था गरेका छन् । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै कारोबारलाई गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै