माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड, ५ हजार बराबरको ‘ट्याप एण्ड पे’ गर्न सकिने

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यकासाथ नेपाली रुपैयाँ र अमेरिकन डलरमा ‘नियोन क्रेडिट कार्ड’को सुविधा ल्याएको हो  ।

आधुनिक जीवन सैलिलाई मध्यनजर गर्दै देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरेर संचालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले देशभरका ३ सय ५० भन्दा बढी मर्चेन्टमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सक्नेछन् । नियोनका माध्यमबाट ५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्ने छन् ।

नविन सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नियोन क्रेडिट कार्ड अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधा उपलब्ध गराउने बैंकको योजना रहेको बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्