PRABHU BANK

सिटिजन्स बैंकले ल्यायो नयाँ अफर, खाता खोल्दा ग्राहकहरूले विभिन्न उपहार पाउने

काठमाडौँ । सिटिजन्स बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिना भरिको लागि ‘मनाऔं साउन सिटिजन्ससँग’ नामक अफर सार्वजनिक गरेको हो ।

बैंकले साउन महिनालाई ध्यानमा राख्दै यो अफर ल्याएको छ । यस अफरअन्तरर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा  गएर खाता खोल्दा ग्राहकहरूले विभिन्न उपहार पाउने सक्नेछन् ।

साथै, ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउनेछन् ।

त्यस्तै, बैंकले अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ र डेबिट कार्ड पनि नि:शुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ । बैंकका अनुसार भाग्यशाली ग्राहकले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै