PRABHU BANK

एचएसबीसीले नयाँ सिइओमा जर्जस एल्हेडेरीलाई नियुक्त गर्ने

काठमाडौँ । बेलायतको बैंकिङ कम्पनी एचएसबीसीले नयाँ प्रमुख कार्यकारी (सिइओ) मा जर्जस एल्हेडेरीलाई नियुक्त गर्ने भएको छ । एचएसबीसीले बुधबार प्रमुख वित्तीय अधिकारी जर्जस एल्हेडेरीलाई ‘विकास र बृद्धिको अर्को चरण’ ड्राइभ गर्न बैंकको अर्को प्रमुख कार्यकारीको रूपमा नियुक्त गर्ने भएको हो ।

नबेलायतस्थित बैंकिङ कम्पनी एचएसबीसीले ५० वर्षीय जर्जस एल्हेडेरीलाई यसको अर्को प्रमुख कार्यकारी हुने घोषणा गरेको छ । वर्तमान सीईओ नोएल क्विनले अप्रिलमा अप्रत्याशित रूपमा बैंकबाट अवकाश लिने घोषणा गरेपछि एचएसबीसीले एल्हेडेरीलाई यसको अर्को प्रमुख कार्यकारी हुने घोषणा गरेको हो ।

एचएसबीसीका अध्यक्ष सर मार्क टकरले भने, ‘जर्जस एल्हेडेरी २००५ मा एचएसबीसीमा सामेल भए र हाल फर्मको वित्त प्रमुख हुन । उनले सेप्टेम्बर २ बाट आफ्नो नयाँ भूमिका सम्हाल्ने अपेक्षा गरिएको छ । एल्हेडेरी एक असाधारण नेता र बैंकर हुन ।  जसले बैंक र  ग्राहकहरूको जोशपूर्वक ख्याल राख्छन् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै