prabhu

लचिलो मौद्रिक नीतिको माग भइरहेका बेला कर्जा विस्तारमा सावधानी अपनाउन आइएमएफको सुझाव 

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले कर्जा विस्तारमा सावधानी अपनाउन सुझाएको छ । भरखरै नेपालको विस्तारित कर्जा कार्यक्रम सम्बन्धी नयाँ प्रतिवेदन प्रकाशन गर्दै आइएमएफले नीतिगत सन्तुलन आवश्यक रहेकाले  विवेकसम्मत कर्जा विस्तार गर्न सुझाव दिएको हो ।

नेपालका बैंकहरूले कोभिड-१९ महामारीपछि अत्यधिक र अर्थतन्त्रमा सकारात्मक योगदान नगर्ने गरि कर्जा विस्तार गरेको भन्दै कोषले नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लिएको कर्जा दुरुपयोग रोक्ने नीतिहरूको निरन्तरताको पक्षमा वकालत गरेको छ ।

नेपालमा कोभिड महामारीभन्दा अघिका वर्षहरूमा कर्जाको उच्च विस्तार भए पनि त्यो मागमा आधारित भएको र त्यसले अर्थतन्त्रको विस्तारमा योगदान गरेको कोषले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ । तर, कोभिड महामारीपछि राष्ट्र बैंकले लचक मौद्रिक नीति ल्याएकोले अत्याधिक कर्जा बिस्तार हुन गई अर्थतन्त्रमा योगदानभन्दा उपभोग र व्यापारको कर्जा बढेको र त्यही अवधिको अत्यधिक कर्जा विस्तारका कारण अहिले अर्थतन्त्रमा शिथिलता निम्तिएको पनि कोषले जनाएको छ ।

नेपालको निजी क्षेत्रतर्फको कर्जाको विस्तार दक्षिणएसियामै उच्च रहेको भन्दै कोषले नेपाल राष्ट्र बैंकले पछिल्लो समय लिएको सन्तुलित रूपमा मात्रै कर्जा बढाउने नीति कायम रहे मात्रै स्थायित्व हासिल हुने तथा भविष्यको जोखिम घटाउन सकिने उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालमा व्यापार व्यवसाय बिस्तार र अर्थतन्त्र चलायमान बनाउन लचिलो र खुकुलो मौद्रिक नीतिको माग भइरहेको छ । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीति ल्याउँदै छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै