PRABHU BANK

राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै सदस्यले पाए ९ लाखबढी रकम 

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट आफ्ना सदस्यहरूले पाउने रकमको बाँडफाँड गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरूले पाउने ३ करोड ८३ लाख रकमको बाँडफाँड गरेको हो ।

कोसका एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संघर संस्थाहरूले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैयाँ संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको बैंकले जनाएको छ ।

संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघर संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइँले बताएका छन् । गुरागाँईका अनुसार बचत र कर्जा कारोबार गर्ने १६, ०६० सहकारी संघरसंस्थाहरू को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ९ लाख ७५ हजार ६ सय ७ रुपैयाँ तथा कर्जा तर्फ ३ लाख २४ हजार ८ सय ४ रुपैयाँ सम्म प्राप्त गरेका अधिकृत गुरागाईँले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै