PRABHU BANK

एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौँ । एभरेष्ट बैंकले तिन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा हालैमात्र अनुमति माग्दै निवेदन दिएको हो ।

कम्पनीले धितोपत्र बोर्डको अनुमति पछि ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर-२०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ  रहेको कम्पनीले कुल ३० लाख इकाइमै बिक्री गर्नेछ । जसमा १८ लाख इकाई व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाई सार्वजनिक निष्कासन मार्फत् गर्नेछ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन् भने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै