PRABHU BANK

एक वर्षमै बढे १५ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता, साढे ३ खर्ब बढीको कारोबार

काठमाडौँ । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको शंख्यामा साढे १५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठसम्म मोबाइल बैंकिङका प्रयोगकर्ता १५ प्रतिशतले बढेका हुन् ।

अघिल्लो वर्ष जेठसम्ममा २ करोड १० लाख ९१ हजार ५६ रहेकामा यस आर्थिक वर्षको जेठसम्म आइपुग्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४३ लाख ६३ हजार ७ सय ७६ पुगेको छ ।

यो तथ्याङ्कलाई नियाल्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १५.५१ प्रतिशतले बढेको छ ।

यस्तै, चालु आर्थिक वर्षको जेठसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ भने अघिल्लो वर्षको सोहि अवधिसम्म मोबाइल बैंकिङबाट २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

मोबाइल बैंकिङबाट हुने कारोबार पनि ५२.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै