PRABHU BANK

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडाैं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप बढेर ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेप ५ खर्ब बढेकाे जानकारी गराउँदै यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा लगभग ८.८३ प्रतिशत पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताएका छन् ।

बैंकको निक्षेप ५ खर्ब पुग्नु उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गरेको प्रमाण रहेको भन्दै यो उपलब्धि एउटा बैंकको मात्रै नभएर समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धीको रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकका देशैभरी ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै