HIMALAYAN LIFE
Banking Sansar Mobile App

स्मार्ट टेलिकम प्रकरणमा लिलामी सेटिङका लागि एनसेलका मालिक र बैंकका सिइओ बीच ‘ब्रेकफास्ट मिटिङ’, प्रहरीले भेटाएको ह्वाट्सएप च्याटमा के छ ?

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको सम्पत्ति लिलामी गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे एनसेलका मालिक सतिश लाल आचार्यलाई भेट्न दुबई पुगेर लिलामीको योजना सुनाएको पाइएको छ । प्रहरीले फेला पारेको ह्वाट्सएप च्याटमा एनसेलका मालिक सतिश्लाल आचार्यलाई पाण्डेले ‘हामीले योजना बनाए अनुसार नै यसलाई टुंग्याऔँ’ भनेको भेटिएको छ ।
प्रहरीले छुट्टै मोबाइलमार्फत एनसेलका मालिकसँग पाण्डेले ह्वाट्सएपमा कुरा गर्ने गरेकोसमेत पाइएको छ । प्रहरीले उनको सो मोबाइल पनि जफत गरी अनुसन्धान गरेको खुलेको छ ।
प्रहरीले पाण्डेको ट्राभल हिस्ट्रीसमेत पत्ता लगाएको छ । यहि प्रकरणमा कुरा गर्नका लागि एनसेलका मालिक आचार्य भेटेको र सो लिलामीबारे कुरा गरिएको प्रमाण प्रहरीले फेला पारेको छ ।

प्रहरीको बयानमा भने उनले आफ्नो कुनै बदनियत नभएको दाबी गर्दै बयान दिएका छन् ।

बाँकी उनले बयानमा के के भने ? के के खुलाए विस्तृतमा तल हेर्नुहोस् :

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।