PRABHU BANK

सिटिजन्स बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार, साखा संख्या १९७ पुग्यो

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका भिभिन्न ठाउँमा थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ शाखा विस्तार गरेको हो ।

उक्त ३ वटा शाखा बिस्तारगरेसंगै सिटिजन्स बैंकका देशैभरी १९७  शाखाहरु संचालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै