PRABHU BANK

बैंकहरुमा तरलता थुप्रिँदा २.३८ प्रतिशतले घट्यो ऋणको ब्याजदर

काठमाडौँ। पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूमा तरलता थुप्रिने क्रम बढेसँगै ऋणको ब्याजदर केही सस्तो हुन पुगेको छ । तरलता थुप्रिएर निक्षेपको ब्याजदर घट्दा कर्जा सस्तो हुन पुगेको हो ।

योसँगै पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको कर्जा औसत २.३८ प्रतिशत विन्दुले सस्तो भएको हो । अघिल्लो आर्थिक वर्षाको जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १२.३८  प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको ११ महिनामा घटेर १०.१५ प्रतिशतमा झरेको छ ।

यस्तै, पछिल्लो एक वर्षमा विकास बैंकहरुको कर्जाको औसत ब्याजदर पनि २.८४ प्रतिशत विन्दुले सस्तिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै