PRABHU BANK

चीन र श्रीलंकासँग पनि डिजिटल भुक्तानी सम्झौता गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र  बैंकले चीन र श्रीलंकासँग पनि डिजिटल भुक्तानी सम्झौता गर्ने भएको छ । अहिले भारतसँग मात्रै अन्तरदेशीय भुक्तानि सम्झौता गरेकोमा अब चीन र श्रीलंकासँग पनि डिजिटल भुक्तानी सम्झौता गरिने गभर्नर अधिकारीले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले नेपाल भ्रमणमा आउने चिनियाँ र श्रीलङ्कन पर्यटकलाई लक्षित गरी चीनको अली पे र श्रीलङ्काको लंका पेसँग सम्झौता गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

अली पे र लंका पेसँग डिजिटल भुक्तानी भएपछि ती मुलुकबाट नेपाल आउने पर्यटकलाई नगद बोक्नुपर्ने झन्झट हट्ने गभर्नर अधिकारीले बताए । चीन र श्रीलङ्काको पर्यटकले नेपालमा क्युआर पेमेन्ट सुविधा प्रयोग गर्न पाए जस्तै नेपालीले पनि ती देश घुम्दा उक्त सेवा लिनसक्ने उनले जानकारी गराएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले अहिले नेपाल डिजिटल भुक्तानीमा धेरै अघि बढिसकेको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै