PRABHU BANK

एनएमबी बैंकका ग्राहकहरूलाई गुरु ट्राभल्सको सेवामा विशेष छुट

काठमाडौँ । एनएमबी बैंक र  ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच एनएमबि बैंकका ग्राहकहरूलाई गुरु ट्राभल्सको सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।

एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सहमति अनुसार एनएमबी बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रुपैयाँसम्मको विशेष छुटका साथै अन्य विभिन्न सुविधाहरू उपलब्ध गराइने छ ।

यसैगरी, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभल कार्ड तथा डलर कार्ड खरिदमा ५ सय रुपैयाँ बराबरको छुटलगायतका अन्य विविध सेवामा अफरहरू प्राप्त गर्नसक्ने छन् ।

साथै, सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरू पनि आपसी सहकार्यगरी समन्वयात्मक ढङ्गबाट गर्ने गराउने सहमति पनि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै