PRABHU BANK

‘अर्थतन्त्रका सूचकांकलाई हेर्दा केही खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक छ’: अर्थशास्त्री खतिवडा

काठमाडौँ । एसियाली विकास बैंकका वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति केही खुकुलो ल्याउनु पर्ने बताएका छन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले अर्थतन्त्रका सूचकांकका आधारमा आफूलाई प्राप्त ‘म्यान्डेट’ भित्र रहेर केही खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको जनाएका छन् ।

अर्थशास्त्री खतिवडाले अहिलेका आर्थिक सूचकांकहरूले केही खुकुलो मौद्रिक नीति ल्याउनका लागि राष्ट्र बैंकलाई घच्घच्याइ रहेको भन्दै  मूल्यवृद्धि नियन्त्रण, बाह्य र वित्तीय स्थायित्वसँगै वास्तविक क्षेत्रलाई विस्तार गर्नका निमित्त राष्ट्र बैंकले समयमै सोच्न पर्ने बेला आएको बताएका छन् ।

यद्यपि कोभिडकै समयलाई ‘बेन्चमार्क’ मानेर अहिले पनि त्यस्तै अति खुकुलो मौद्रिक नीति ल्याउन भने आवश्यक नरहेको वरिष्ठ अर्थशास्त्री समीर खतिवडाको भनाई रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै